नियम ७
भर्ना सदर गर्ने
नियम ७ को (क), (ख) र (ग) बमोजिम भर्ना झिक्न अधिकार पाएका अधिकृतहरूले रुल नियम बमोजिम भर्ना झिकी क. कि. बाट प्राप्त भएको सिटरोलमा र अनुसूचीमा दिइएको ढाँचा बमोजिमको शर्तको फाराममा समेत सहीछाप गराई धर्म भकाई उक्त कागजपत्रहरू क. कि. खानामा किताब दर्ता गर्न पठाइनेछ र क. कि. खानाले उक्त कागजपत्रहरू रुल नियम बमोजिम ठीक छ छैन जाँची किताब दर्ता गर्नेछ ।
भर्ना हुने जवानको घर थर वतनमा फरक परेमा एक पटक फेरि बुझी फरक पर्न आएमा बर्खास्ति गर्ना निमित्त माथिको तहमा जनाउ दिनेछ । मामूली छुटपुट मात्र भई नमिलेमा फिर्ता पठाई रुल नियम बमोजिम गर्न लाउनेछ । सिटरोल र शर्तको फाराम क. कि. खानामा पठाउँदा उपत्यकाले ७ दिनभित्र र उपत्यका बाहिरकाले बाटो म्याद बाहेक ७ दिनभित्र पठाउनु पर्छ र क. कि. खानाले नियुक्ति भएको जनाउ दिनेछ ।